नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ ।
मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिनुभयो ।
समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा तोक्नेछ ।
त्यस्तै निर्वाचन प्रचार प्रसार समिति संयोजकमा प्रवक्ता डा. महत नै चयन भएका छ । सदस्यहरु सभापति देउवाले आपसी सहमतिमा चयन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस