केहीदिनयता बढेको वायु प्रदुषण ठूलो वर्षा वा तीव्रगतिको हावा नचलेसम्म कम नहुने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मौसम धुम्म भएपनि ठूलो वर्षा र तिव्रगतिको हावा अझै केही दिन चल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले गर्दा प्रदुषण कायमै रहने महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार अझै एक–दुई दिन पहाडी भेगमा हल्का वर्षा भएपनि अरु ठाउँमा पानी पर्ने सम्भावना निकै कम छ । यसले गर्दा जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ ।
तत्काल पानी वा तीव्रगतिको हावा चले प्रदुषण कम हुने उहाँको भनाइ छ । विशेषगरी उद्योग, कलकारखाना रहेका शहरी क्षेत्रमा प्रदुषण बढेको पाइएको छ । गत वर्ष पनि यहि समयमा वायु प्रदुषण बढ्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस