बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको फागुनसम्ममा ७ अर्बभन्दा बढी राजश्व संकलन गरिसकेको जनाएको छ । मन्त्रालय स्थापना र मन्त्री घनश्याम दाहालको नियुक्तिको एकसय सदन पुरा गरेको अवसरमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले सरकारले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा यातायात क्षेत्रबाट मात्र ७ अर्ब १२ करोड ७३ लाख रुपैयाँ राजश्व संकलन गर्न सफल भएको बताउनुभयो ।
सरकारले बागमती प्रदेशमा फागुनसम्म ७ अर्ब बढी राजश्व संकलन लिएकोमा आगामी असार मसान्तसम्ममा लक्ष्यभन्दा बढी राजश्व संकलन हुने दाहालले बताउनुभयो ।
उनले बागमती प्रदेशबाट २ लाख १५ हजारभन्दा बढीले लाइसेन्सका लागि आवेदन प्राप्त भइसकेको र हालकै अवस्थाको सेवा प्रवाहले २०२४ सम्म पनि लाइसेन्स वितरण हुन नसक्ने बताउनुभएको छ ।
स्रोत : रातोपाटि
प्रतिक्रिया दिनुहोस