सरकारले सिटमोलको वजन बढाउन औषधी व्यवस्था विभागलाई अनुमति दिएको छ ।
अस्ती बसेको औषधि सल्लाहकार समितिको बैठकले सिटामोललाई ६५० एमजीमा उत्पादनका लागि औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । विज्ञ सल्लाहकारको सुझाब अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको सुझाव आएपछि ६५० एमजीको पारासिटामोल दर्ता गर्ने निर्णय भएको विभागका प्रवक्ता सन्तोष केसीले बताउनुभयो । औषधि उत्पादकहरूले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए ।
सिटामोलको वजन बढेसँगै एक ट्याब्लेट सिटामोलको मूल्य २ रूपैयाँभन्दा बढी निर्धारण गर्ने तय भएको छ । तर, उपभोक्ता अधिकारकर्मीले सरकारको यो कदमको भने विरोध जनाएका छन् । परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा बढी तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिँदा नागरिकको स्वास्थ्य असर पार्ने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस