धादिङ १० चैत्र
विश्व क्षयरोग दिवस धादिङमा पनि विबिध कार्यक्रमका साथ मनाइएको छ । क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ भन्ने मूल नाराका साथ धादिङबेसीको पुछारबजारबाट ¥याली सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । यस्तै दिवसकै अवसरमा पत्रकारहरुसँग अन्तरकृया कार्यक्रम समेत सम्पन्न भएको छ । नेपालमा क्षयरोगका कारण दैनिक १८ जनाको मृत्यु हुने गरेको छ भने १ सय २३ जना नयाँ संक्रमितहरु फेला पर्ने गरेका छन् ।
झण्डै आधा नेपालीलाई क्षयरोगको संक्रमण देखिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । मृत्युको ७ औँ कारणको रुपमा देखिएको क्षयरोगको औषधि तथा परीक्षण देशभर निःशुल्क हुँदै आएको छ । धादिङको सन्दर्भमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ सय ५३ जना क्षयरोगका बिरामीहरु पहिचान भइ नियमित औषधि सेवन गरिरहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनुभयो ।
सामान्यतया ६ महिना औषधि सेवन गरे निको हुने क्षयरोग नङ र कपाल बाहेक शरीरका सबै अङ्गहरुमा लाग्ने गर्दछ भने फोक्सोको क्षयरोग बाहेक अन्य अङ्गमा लाग्ने क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । स्वास्थ्य कार्यालय धादिङको आयोजनामा भएको कार्यक्रममा जिल्लाका पत्रकारहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
क्षयरोग के हो ? कसरी सर्दछ ? यसको रोकथाम कसरी गर्न सकिन्छ ? भन्ने बारेमा नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजाललाई सोधेका छौँ ।
विष्णु रिजाल
प्रतिक्रिया दिनुहोस