धादिङ १० चैत
अखिल क्रान्तिकारी धादिङले विद्यार्थीमाथि निर्घात कुटपीट गर्ने शिक्षकलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।
विहिबार एक विज्ञप्ति जारी गर्दै धादिङको नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षक प्रकाश क्षेत्रीले कक्षा ११ मा अध्ययनरत विद्यार्थी सुरेन्द्र उप्रेतीलाई निर्घात कुटपिट गरी घाईते बनाएकोले शिक्षकलाई कारबाही गरी आजीवन पठनपाठनको काममा समावेश नगराउन माग गरिएको छ ।
अनेरास्ववियू धादिङका अध्यक्ष विनोद आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा घाईते विद्यार्थीको सम्पूर्ण उपचार खर्च शिक्षक र विद्यालयले ब्यहोर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चैत ९ गते शिक्षक क्षेत्रीको कुटपीटबाट विद्यार्थी उप्रेती गम्भीर घाइते भएका थिए । घाइते उप्रेतीको काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस