काठमाण्डौ विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वर्ल्ड एअर क्वालिटी रिपोर्टको सूचीमा काठमाण्डौ विश्वको छैठौँ प्रदूषित शहर बनेको छ ।
त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ । तथ्यांक अनुसार भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ । त्यस्तै, देशका हिसाबले बंगलादेश पहिलो सूचीमा छ । एक सय १७ देशका ६ हजार ४ सय ७५ शहरको वायु गुणस्तर तथ्याङ्कमा आधारित प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।
कम्तीमा ९३ शहरहरूको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन डब्लूएचओले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो ।
प्रतिक्रिया दिनुहोस