विद्यार्थीमाथि यौन दुर्व्यवहार घटनासँगै भएको झडपमा एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जानकारी दिए ।विद्यार्थीमाथि यौन दुर्व्यवहारभएको भनि स्थानियले जुलुस निकालिएको थियो
आइतबार भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरेको र अहिले अवस्था सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । प्रजिअ दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नं। ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरगी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस