धादिङ ०६ चैत
प्रयास नेपाल धादिङले स्थापना दिवसको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
२१ औँ स्थापना दिवसको अवसरमा प्रयास नेपालले आईतबार नीलकण्ठ नगरपालिका–३ का शान्तिटारमा रहेको नमुना बौद्धिक अपाङता बिशेष बिद्यालयको छात्रावासमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा जिल्ला अस्पताल धादिङमा भर्ना भई उपचाररत २४ जना बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।
संस्थाले स्थापना भएको शुरुका दिनहरुमा जिल्लाका विभिन्न ठाउँमा बिभिन्न स्वास्थ्य आँखा शिविर, स्त्रीरोग,आँखा शिविर,समुदायको स्वास्थ्य, सामाजिक योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने,सरसफाई कार्यक्रम तथा विपन्न महिला एवं पिछडिएका व्यक्तिहरुलाई लक्षित आयआर्जन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले बताउनुभयो ।
संस्थाले हाल बिभिन्न विकास साझेदार निकायहरु र स्थानीय तहसँगको साझेदारीतामा शिक्षा, जिविकोपार्जन, खानेपानी तथा स्वास्थ्य,अधिकार, निर्माण र सुशासन, बिपद् व्यवस्थापन बिषयगत क्षेत्रमा कार्य गर्दै आएको प्रयास नेपालका सचिव वीर बहादुर श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस