धादिङ ०६ चैत
धादिङको क्रिकेट टोली प्रथम बागमती प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
चितवनको भरतपुरस्थित धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध रंगशालाको नमुना मैदानमा आइतबार सम्पन्न सेमिफाइनल खेलमा धादिङ काभ्रेपलान्चोक ९काभ्रे० माथि १५५ रनको सनसनीपूर्ण जितसहित फाइनल पुगेको हो ।
राष्ट्रिय टोलीबाट समेत खेलिसकेको खेलाडीसहित मैदानमा उत्रिएको काभ्रेमाथि शानदार जित निकालेको धादिङले अब ऐतिहासिक उपाधिका लागि मकवानपुरसँग खेल्नेछ ।
पहिलो खेलमा रसुवालाई ९ विकेटले हराएको धादिङले दोश्रो खेलमा काठमाडौंलाई ४ विकेटले हराएको थियो ।
धादिङ र मकवानपुरबीचको फाइनल खेल सोमबार भोलि हुँनेछ । फाइनल खेल सोमबार बिहान ९ः३० बजेबाट शुरु हुनेछ । धादिङ जिल्ला क्रिकेट टोलीले खेलेको यो पहिलो आधिकारिक प्रतियोगिता हो ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धादिङले निर्धारित २० ओभरमा मात्र ५ विकेट गुमाएर १९५ रनको विशाल योगफल तयार पारेको थियो ।
धादिङको विशाल योगफलका लागि अमृत थापाले ३० बलमा २ छक्का र ७ चौकाको मद्दतमा सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै आरम्भ तिमल्सिनाले ३८ बलमा १ छक्का र ५ चौंकासहित ४४ रन जोड्दा स्वप्निल अधिकारी ३५ रनमा अविजित रहे ।
बलिङमा काभ्रेका लागि समिर हुमागाईं र भिबेक न्यौपानेले २(२ विकेट लिए ।
लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको काभ्रे १४ ओभर ३ बलमा ३९ रन बनाएर अल आउट भयो ।
राष्ट्रिय टोलीबाट समेत खेलिसकेको ओपनर सुवास खकुरेल ४ रनमा आउट भए । यू १९ टोलीका विवेक रानामगर १ रनमा आउट भए । काभ्रेका अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
धादिङका लागि सन्देश सापकोटाले ४ तथा श्याम त्रिपाठ्ठीले ३ विकेट लिए । यस्तै रुपेश भुजेलले २ र श्री कृष्ण उपाध्यायले १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस