धादिङ ०५ चैत
जिल्ला प्रशासन कार्यालय धादिङले विद्युतीय राहदानी ई –पास्पोर्टको लागि आवेदन खुल्ला गरेको छ । प्रशासनले एक सुचना जारी गर्दै राहदानी आवेदनका विषयमा गुनासाहरु आएको हुनाले आवेदन खुल्ला गरेको सुचनामा भनिएको छ ।
प्रशासनले प्रविधिको समस्या नभएसम्म दैनिक बढिमा ३० जनाको प्रत्यक्ष आवेदन गर्ने, प्राविधिको समस्याको कारण फिर्ता हुने सेवाग्राहीको कार्यलाई भोलीपल्ट कार्यालय खुलेको दिन प्राथमिकताका साथ सम्पन्न गरिने, निर्धारित समयमा समयमा उपस्थिती नहुने सेवाग्राहीको नियुक्ति मिति स्वतः रद्द हुने र सो व्यक्तिले पुन नयाँ प्रक्रिया सुरु गर्नुपर्ने सुचनामा उल्लेख छ ।
साथै आकस्मिक विदाका दिनका सेवाग्राहीहरुलाई कार्यालयले उचित तरिका बाट सम्बोधन गर्ने जनाईएको छ । आईतबार देखि बिहिबार सम्म ३० वटा र शुक्रबारको लागि १८ वटा निर्धारण गरिएको छ । त्यस्तै कार्यालयले हरेक शुक्रबार दिउँसो ३ बजे एकैपटक विद्युतीय माध्यमबाट गरिने, पहिला आउने सेवाग्राहीहरुलाई विशेष प्राथमिकता दिने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस