धादिङ ०४ चैत
नीलकण्ठ नगरपालिका, धादिङको दशौँ नगर सभा सम्पन्न भएको छ ।
“समृद्ध नीलकण्ठ नगरको आधार ः कृषि पर्यटन उद्यमशीलता पूर्वाधार” भने नाराका साथ सम्पन्न नगरसभामा पेश भएका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ । नगर सभामा मेयर ढुंगानाले सँसोधित विनियोजन विधेयक, सँसोधित आर्थिक विधेयक, खानेपानी, सरसफाई एवँ स्वच्छता विधेयक, भुमि विधेयक, वन विधेयक, कृषी विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा उपमेयर मनराज भण्डारीले चालु आर्थिक वर्ष २०७८÷०७९ को माघ मसान्त सम्मको बजेट तथा कार्यक्रमको समिक्षा प्रस्तुत गर्नुभएको थियो ।
यस्तै नगरसभामा सहभागी वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य लगायतले निर्वाचित भएदेखि आफ्नो अनुभव, समस्या एवं गरेका विकास निर्माणका कामहरुको बारेमा आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस