धादिङ ०४ चैत
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैशाख ३० मा हुने निर्वाचनमा कुनै पार्टीसँग एकता नहुने बताएका छन् । अघिल्लो निर्वाचनमा एमालेको बैशाखी टेकेर चुनाव जितेका दल र व्यक्तिहरुले अब फेरी त्यस्तो सपना नदेख्न भन्दै पचण्ड र माधव नेपाललाई बाहिर राखेर चुनाव लड्न चाहेको बताएका छन् ।
नेकपा एमाले धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले अहिलेको सरकार हुदा धेरै मुल्य बृद्धि भएको बताउदै आफ्नो पार्टि सकारमा आए मुल्य बृद्धिलाई नियन्त्रण गरि ४ प्रतिशतभन्दा तल लैजाने बताउनुभयो ।
महासचिव पोखरेलले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले धोका दिएको आरोप लगाएका छन ्। प्रचण्ड र माधव नेपाल नेपाली कांग्रेसका सभापति एवं्प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोगी मात्रै बनेको बताए । समाजवादको बाटोतर्फ देशलाई डो¥याउन चाहनेहरु एमालेमा र पुँजीवादतर्फ हिड्न चाहनेहरु देउवातिर देखिएको पनि उनले आरोप लगाए ।
अब नेकपा एमालेले गठबन्धन गरेर होइन एकल रुपमा नेकपा एमालेलाई बहुमत प्रदान गर्नेगरी तीनै तहको चुनावमा जनताको बीचमा जाने महासचिव पोखलेलले जिकिर गरे । प्रचण्ड र माधव नेपाल निर्वाचन सार्ने षड्यन्त्रमा रहेको पनि पोखलेलले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस