धादिङ ०२ चैत
स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले सहकारी आवाज बुलेटिन बिमोचन गरेको छ । बुधबार एक कार्यक्रमका बिच अर्धवार्षिक रुपमा प्रकाशन हुने सहकारी आवाज बुलेटिन बिमोचन गरिएको हो ।
संस्थाका अध्यक्ष प्रदिप अधिकारी, पूर्व अध्यक्षहरु बोदनाथ दुवाडी र नवराज शर्माले संयुक्त रुपमा उक्त बुलेटिनको बिमोचन गर्नुभएको हो । बिमोचन समारोहमा बोल्दै पूर्व अध्यक्ष दुवाडीले स्रोत परिचालन सहकारी जिल्लाको पहिलो र अग्रणी सहकारीको रुपमा स्थापित भएको बताउदै सहकारीले नयाँ र रचनात्मक कार्यक्रमहरु गर्दै अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो ।
पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले सहकारी आवाज बुलेटिन प्रकाशन गरेकोमा धन्यवाद व्यक्त गर्दै बुलेटिनको दायरा फराकिलो बनाउँदै जानुपर्ने सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु बोदनाथ दुवाडी, नवराज शर्मा, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, पत्रकार महासंघ धादिङका उपाध्यक्ष सानुबाबु तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
२०५४ सालमा स्थापना भएको सहकारीमा हाल ५ हजार ५ सय ६९ जना सेयर सदस्य, १ हजार ८ सय ४५ जना बाल बचतकर्ता रहेका छन् भने सेयर पूँजी ५ करोड ९७ ला ८ हजार ९ सय, बचत ३२ करोड ६३ लाख ७ हजार ५ सय ५८ र कुल सम्पत्ती ४४ करोड ७३ लाख २६ हजार १ सय ७३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस