धादिङ ०२ चैत
धादिङमा विद्युतीय राहदानी(इ–पासपोर्ट) बनाउनेको संख्या ९ सय ३४ पुगेको छ । पौष २७ गतेदेखि सुरु भएको विद्युतीय राहदानी हालसम्म ५ सय ९१ थान तयार भएर वितरण गरिएको हो ।
बुधबार आफ्नो ६ महिने कार्यकालका प्रगतिहरुका बारेमा पत्रकारहरुसँग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले सो विवरण प्रस्तुत गर्नुभएको हो । यस्तै खनियाबास गाउँपालिकाको किम्ताङफेदीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि गृह मन्त्रालयमा सुझाव पेस गरिएको समेत लम्सालले जानकारी दिनुभयो ।
यस्तै आगिन्चोक र आदमघाटमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको तथा नजिकिदै गरेको स्थानीय निर्वाचनका लागि सुरक्षा रणनीति तयार गरेको लम्सालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस