धादिङ २ चैत्र
आज बुधबार धादिङबेसीका सबै मोबाइल पसलहरु बन्द हुने भएका छन् । धादिङ मोबाइल व्यवसायी संघका सदस्य सञ्जय शाहको असामहिक निधनका कारण धादिङ मोबाइल व्यवसायी संघले आज एक दिन सम्पूर्ण मोबाइल पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।
धादिङ मोबाइल व्यवसायी संघका अध्यक्ष प्रकाश भट्टले संघका सदस्य शाहको असामहिक निधनप्रति शोक व्यक्त गर्दै एक दिन सम्पूर्ण मोबाइल पसलहरु बन्द गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय भएको बताउदै ग्राहकहरुमा पर्न जाने असुविधाप्रति क्षमाप्राथी रहेको बताउनु भयो ।
शाहको हिजो निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस