धादिङ ०१ चैत
मानव बेचविखन र बाल संरक्षण सम्बन्धी सञ्चारकर्मीहरुको लागि एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कानुन अन्वेषण श्रोत बिकास केन्द्र ‘सेलर्ड’को आयोजनामा भएको कार्यक्रममा मानव बेचविखन तथा ओसारपसारको बदलिदो स्वरुप, बालबालिका बेचविखन तथा ओसारपसारको अवधारणा, बाल संरक्षण, कानुनी प्रावधानहरुका बारेमा अधिवक्ता सन्तोष महर्जनले जानकारी गराउनुभएको थियो ।
यस्तै पीडित केन्द्रित पत्रकारितामा सञ्चारकर्मीको भुमिका, बाल संरक्षणमा आमसञ्चार रिपोर्टिङको महत्व बारेमा अधिवक्ता जगन्नाथ सुवेदीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै अधिवक्ता सुवेदीले बाल संरक्षण र मानव बेचबिखन तथा ओसापसारको विषयमा केन्द्रित रहेर पीडित प्रभावित मैत्री पत्रकारिता गर्न संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस