कपिल जम्कट्टेल
धादिङ १६ आषाढ
खेलका माध्यमबाट विद्यार्थीहरुको शारीरिक र मानसिक तन्दुरुस्ती राख्नुका साथै देश विदेशमा परिचित गराउने खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ नीजि क्षेत्रबाट सञ्चालित जिल्लाकै पुरानो विद्यालय सुनगाभा एकेडेमीले विगतदेखि सञ्चालन गर्दै आएको तेक्वान्दो कक्षाको सोमबार ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
स्वस्थ सोचाइका लागि स्वस्थ शरीर भन्ने नाराका साथ सञ्चालन गरिएको तेक्वान्दो कक्षामा समावेश भएका कक्षा २ देखि ९ सम्मका करिब ४० जना विद्यार्थीहरुको आज ग्रेडिङ गरिएको हो । तेक्वान्दो प्रशिक्षक प्रदिप गिरीले प्रशिक्षण दिदै आउनु भएको ग्रेडिङ कार्यक्रममा विद्यालयका निर्देशक रामहरि अधिकारी र सहायक प्रधानाध्यापक गोकर्ण लम्सालले विद्यार्थीहरुलाई ग्रेड वृद्धिको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस