धादिङ २९ फागुन
धादिङको धार्केमा बालश्रम न्यूनिकरण तथा रोकथामका लागि ईट्टा उद्योगी, स्थानिय सरोकार र पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रयास नेपालको आयोजना तथा धुनिबेशी नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा बालबालिका समबन्धि कानुनमा व्यवस्था गरिएका प्रावधानहरुका बारेमा जानकारी गराउनुका साथै स्थानियतहमा रहेका बालश्रमको अबस्था र बालश्रम मुक्त स्थानियतह घोषण पुरा गर्न गर्नु पर्ने सुचकका बारेमा प्रयास नेपालका सुनिताा कंडेलले जानकारी गराउनु भएको थियो ।
२०८५ साल सम्म बालश्रम मुक्त स्थानिय तह घोषण गर्न पालिका सम्बन्धित सरोकारवालाहरुको भूमिकाको बारेमा छलफल गर्न तथा सहभागीतामूलक योजना तयार पर्ने विषयमा समेत कंडेलले जानकारी गराउनु भएको छ । कार्यक्रमका वीचमा बालश्रमिकहरुसंगको अनुसन्धनाबाट देखिएका सवालहरुका बारेमा जानकारी गराउनुका साथै ईट्टा उद्योगमा काम गर्न बालश्रमिकहरुको स्वास्थ्य अबस्थाको अनुसन्धानबाट पता लगाएका सवालहरु समेत सहभागीलाई कंडेलले जानकारी गराउनु भएको थियो ।
बाल श्रममुक्त रहेका उद्योगहरुमा संस्था तथा पालिकाले स्टिकरको व्यवस्था गर्न समेत आग्रह गरेका छन । कार्यक्रममा ईट्टा उद्योगी, स्थानिय सरोकारवाला र पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस