धादिङ २९ फागुन
शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका उत्कृष्ठ भएको छ ।
नेपाल नगरपालिका संघले ७ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । संघको २९ औं वार्षिक उत्सवको अवसरमा आइतबार राजधानीमा एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकालाई सम्मान गर्नुभएको थियो ।
संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् ।
यस्तै स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका, सामाजिक विकासतर्फ रूपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन ्। यस्तै वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको हो ।
प्रतिक्रिया दिनुहोस