धादिङ २८ फागुन
उत्तरी धादिङको खनियाबास गाउँपालिका झार्लाङ १ दुर्जागङमा अवस्थित शिंगलादेवी माध्यामिक विदालयका शिक्षकहरुले
विद्यालयमा भएको द्धन्द्धका कारण शिक्षकहरु विद्यालयमा अनुपस्थित हुने बाताएका छन् । शुक्रबार कक्षा ८ को बिमल तामाङले कक्षा ७ को रुबिन तामाङलाई खुकुरी हाने सँगै छुट्याउन जाँदा शिक्षकलाई समेत खुकुरी हान्ने प्रयास गरेका थिए ।
शिक्षकहरुले छुटाउने प्रयास गर्दा शिक्षकहरुलाई नै खुकुरी हाल्ने प्रयास गरेको भन्दै व्यवस्थापन समितिले निर्णय नगर्दा सम्म विद्यालयमा उपस्थिति नजनाउने विद्यालय व्यवस्थापन समितिलाई लेखिएको पत्रमा भनिएको छ ।
” उपरोक्त सम्बन्धमा आज मिती २०७८÷ ११÷२७ गतेका दिन यस विदालयमा दुई पक्ष बिच झगडा भई खुकुरी हनाहान गरेको र शिक्षकलाई पनि खुकुरी हान्ने प्रयास गरेकोले विद्यालयका विद्यालय व्यवस्थापन समितिहरुले केहि निर्णय नगरे सम्म हामी शिक्षकहरु विद्यालयमा उपस्थित हुन नसक्ने जानकारी गर्दछौँ ” निवेदनमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस