धादिङ २७ फागुन
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धादिङको बैठक तथा प्रशिक्षण कार्यक्रम शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितीद्वारा आयोजित कार्यक्रममा निर्वाचन आयोगका केन्द्रिय सदस्य बिश्व पुकार श्रेष्ठको प्रमुख आतिथ्यता, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठ, विशेष अतिथी धादिङ जिल्ला इन्चार्ज शालिकराम जमरकट्टेल, संविधान सभा सदस्य पुष्पविक्रम मल्ल, पुर्व विज्ञान तथा प्रविधि मन्त्री एवम केन्द्रिय सदस्य कल्पना धमला, प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र उपत्यका विशेष प्रदेशका संयोजक जगत सिम्खडा, बागमति प्रदेश अध्यक्ष सरल सहायत्री पौडेल, धादिङ जिल्लाका नेता राम बहादुर भण्डारी लगायत नेताहरुले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जमरकट्टेलले अब जिल्ला पार्टी चुनाव केन्द्रित हुने र चुनावको तयारी स्वरुप टोल समिती गठन, सेल कमिटी गठन, मत सर्बेक्षण अनि पार्टी भित्रको गुट उपगुठकोे अन्त्य गर्नुपर्ने भन्दै आ आफ्नो जिम्मेवारी अनुसार पार्टीको निर्देशनमा अगाडी बढि अब आउने चुनावमा एक नम्बर को पार्टी बनाउने योजनामा जानुपर्ने बताउनुभयो ।
प्रदेश संसाद जगत सिम्खडाले अरु पार्टी सङ्गको तालमेल गरेर चुनाव जित्ने नभई आफै जित्ने हिसाबले तयारी अगाडी बढाउन आग्रह गर्नुभएको छ ।
संविधान सभा सदस्य पुष्प बिक्रम मल्लले बिपक्षी पार्टीको कमजोरीलाई केलाउदै चुनावमा त्यसको फाइदा उठाउनुपर्ने भन्दै पार्टी भित्रको असन्तुष्टिलाई बन्द गरि जनताको पक्षमा रहेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
उक्त प्रशिक्षण तथा वैठकमा जिल्लाका १३ वटा कै स्थानीय निकायका पार्टी पदाधिकारीहरु जिल्ला समन्वय समिती र प्रदेश सदस्य जवस मोर्चाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
उक्त प्रशिक्षण तथा वैठकमा जिल्लाका १३ वटा कै स्थानीय निकायका पार्टी पदाधिकारीहरु जिल्ला समन्वय समिती र प्रदेश सदस्य जवस मोर्चाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस