गोरखा २६ फाल्गुण
जनयुद्धकी महान सहिद रिता लामिछाने(रुपा)को १८ औँ स्मृति दिवस सम्पन्न भएको छ । गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं. २ तान्द्राङमा एक कार्यक्रमका बिच स्मृति दिवस मनाइएको हो ।
सहिद रिता लामिछानेका भाइ नविन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण धितालको प्रमुख आतिथ्य तथा पार्टी केन्द्रीय सदस्य पम्फा बसेल तथा प्रदेश सदस्य लोक प्रसाद बन्जराको विशेष आतिथ्य रहेको थियो ।
यस्तै अतिथिहरुमा माओवादी केन्द्र भिमसेनथापा गाउँपालिका उपाध्यक्षहरु नारायण श्रेष्ठ, सागर श्रेष्ठ र मालती श्रेष्ठ लगायत रहनुभएको किसान बञ्जराले जानकारी दिनुभयो ।
वि.सं. २०६० सालमा पार्टी कामकै शिलशिलामा तत्कालीन बगुवा पुतलीबजारमा प्रहरीले गिरफ्तार गरेर बलत्कार गरी हत्या गरेको थियो ।
प्रतिक्रिया दिनुहोस