झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेका ५ जनाको जीवितै उद्धार गरिएको छ ।
स्थानीय डम्बरबहादुर बस्नेतका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।
दुर्घटनामा मृत्यु भएकामध्ये १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।
स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस