नेपालबाट भारततर्फ निर्यात हुने खाने तेलको निर्यात रोक्न सरकारले छलफल थालेको छ । नेपालमा कृत्रिम अभाव सिर्जना गरेर तेल भारततर्फ निकासी भइरहेपछि निर्यातमा कडाइ गर्न खोजिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
स्वदेशको खपतभन्दा पनि उच्च मात्रामा नेपालमा तेल आयात भए पनि व्यवसायीले भारततर्फ निर्यात बढाएर कृत्रिम मूल्य वृद्धिको अवस्था सिर्जना गरेपछि निर्यात रोकेर आपूर्ति बढाउन खोजिएको मन्त्रालय उच्च स्रोतले बतायो । तेल उद्योगीले नेपालमा आफ्नो अनुकुलको मूल्य राखेर मात्रै तेल बजारमा पठाउने गरेको सरकारी ठहर छ ।
खाने तेलको निर्यात रोक्नेबारे कुराकानी भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । केही दिनअघि तेल उत्पादकसँग विभागले यसबारे धारणा मागिएको विभागका अधिकारीले बताउनुभयो ।
चालु आवको ७ महिनासम्म नेपालमा १२ अर्ब ३८ करोडको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । यस्तै ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ तथा कच्चा तेल नेपाल भित्रिएको छ ।
प्रतिक्रिया दिनुहोस