धादिङ १५ आषाढ
राष्ट्रिय धान दिवसको अवसरमा धादिङ जिल्लामै पहिलो पटक खुल्ला हिले दौड प्रतियोगिता सम्पन्न भएको छ । महिला र पुरुषको छुट्टा छुट्टै भएको प्रतियोगितामा २६ जना महिला र ८७ जना पुरुषहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा महिलातर्फ नलाङ धादिङकी सोनी गुरुङ प्रथम, धुनिबेसी धादिङकी रसिला तामाङ द्धितीय र काठमाडौँकी निर्जला ताम्राकार तृतीय भएका हुन् ।
पुरुषतर्फ सङ्खुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्धितीय र नेपालगञ्जका खिम बहादुर खत्री तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार सिल्ड, प्रमाणपत्र र मेडल, द्धितीय हुनेलाई नगद ३० हजार सिल्ड, प्रमाणपत्र र मेडल र तृतीय हुनेलाई नगद २० हजार सिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको हो ।
प्रतियोगिता हुनुभन्दा अगाडि धादिङबेसी बिचबजारबाट झाकीसहितको ¥याली निकालिएको थियो । राष्ट्रिय लोक खेल अनुसन्धान संघ धादिङले आयोजना गरेको हिले दौडको औपचारिक उद्घाटन जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस