गोरखा २४ फाल्गुण
११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भिमसेनथापा गाउँपालिका घ्याम्पेसाल गोरखामा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भिमसेनथापा गाउँपालिका गोरखाको आर्थिक सहयोग तथा दुल्लभ सामुदायिक सिकाइ केन्द्र घ्याम्पेसाल गोरखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरु रबिन लामिछाने र लक्ष्मी खड्काको सांस्कृतिक प्रस्तुति रहेको थियो भने स्थानीय महिला समूहहरुले पनि सांस्कृतिक प्रस्तुति देखाएका थिए ।
भिमसेनथापा गाउँपालिका गोरखाका उपाध्यक्ष बिनु वाग्लेको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिमा सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री, गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
कार्यक्रमकै अवसरमा पारी संस्थालाई विभिन्न समयमा सहयोग पु¥याउने सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका विशेष अतिथि एवं सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले दुल्लभ सामुदायिक सिकाइ केन्द्रको भवन निर्माणको निमित्त १० लाख सहयोग गर्ने घोषणा समेत गर्नुभएको संस्थाका अध्यक्ष बालकृष्ण लामिछानेले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस