धादिङ २४ फगुन
११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसीमा लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार नीलकण्ठ नगरपालिका धादिङको आयोजना तथा बिभिन्न संघसंस्थाको सह–आयोजनामा ‘सामाजिक न्याय र लैङ्खिक समानताःदिगो विकासको सुनिश्चितता’ भन्ने मुलनाराको साथमा श्रमिक महिला दिवसको अवसरमा लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको हो ।
आठ ओटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा नारी जागरण केन्द्र प्रथम भएको छ । नीलकण्ठ नगरपालिका द्धितीय, ज्योति महिला सहकारी संस्था तृतीय र नारी विकास सहकारी संस्था सानत्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्धित्तिय, तृत्तिय र सान्तवना हुनेलाई क्रमश रु. १२ हजार ५००, ८ हजार ७५०, ६ हजार २५० र ३ हजार ७५० नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, बिभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस