बागमती प्रदेशका करिब ९७ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका अनुसार प्रदेशका १३ जिल्लाका ९६.८ प्रतिशतले नागरिकले दोस्रो डोजको खोप लगाइसकेका हुन् ।
प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाका अनुसार प्रदेशका १३ जिल्लाका १२ वर्ष भन्दा माथिका बालबालिका सहित ९८ प्रतिशत नागरिकहरुले कोेरोना विरुद्धको खोप लगाएका छन् ।
त्यस्तै प्रदेशका करिब ११.८ प्रतिशतले बुस्टर डोज खोप लगाएको मन्त्री लामाले जानकारी दिए । बागमती प्रदेशका १२–१७ उमेर समूहका ५०.१ प्रतिशतले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने २८.६१ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेको मन्त्री लामाले बताए ।
प्रतिक्रिया दिनुहोस