कृष्ण बहादुर लामिछाने
गोरखा १५ आषाढ
भिमसेन थापा गाउँ पालिका स्वास्थ्य शाखा गोरखाको आयोजना, तान्द्राङ स्वास्थ्य चौकी तान्द्राङको समन्वयमा वडा नं. ३ को वडा कार्यालयको व्यवस्थापनमा वडा कार्यालयको सभाहलमा नसर्ने रोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समुदायमा बढ्दै गएको नसर्ने रोगहरु जस्तै क्यान्सर, मुटु तथा रक्त नलिका रोगहरु, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोगहरु, मृगौला सम्बन्धी रोगहरुबाट बच्ने उपायहरुको बारेमा जानकारी गराउनुका साथै उक्त रोगबाट हुने बिरामीको दर र मृत्युदरमा कमी ल्याई उपचारमा हुने ठुलो धन रासीको साथै मानवीय क्षति कम गर्ने उद्देश्यका साथ अभिमूखीकरण कार्यक्रम गरिएको हो । भिमसेन थापा गाउँ पालिकाका स्वास्थ संयोजक कृष्ण अधिकारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरिक्षक नानीबाबु दानी र स्वास्थ्य संयोजक भेषराज खनालले नसर्ने रोग सम्बन्धी अभिमूखीकरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । तान्द्राङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं भिमसेन थापा गाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष लिलानाथ लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा भिमसेन थापा गाउँ पालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. २ का वडा अध्यक्ष नारायण भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । जनस्वास्थ्य निरिक्षक नानीबाबु दानी, स्वास्थ्य संयोजक द्धय कृष्ण अधिकारी र भेषराज खनाल, स्वास्थ्य चौकी प्रमुख शुसिला काप्री, संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद लामिछाने लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं. २ र ३ का निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरु र पत्रकार समेतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस