धादिङ २० फाल्गुण
शुक्रबार धादिङबेसीमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा १९ महिला र १६ पुरुष गरी ३५ जनाले रक्तदान गरेका छन् । नारी जागरण केन्द्रको २३ औँ स्थापना दिवस एवं १ सय १२ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा नारी जागरण केन्द्र, धादिङ, अन्तराष्ट्रिय धादिङ समाज आयोजक रहेका थिए भने नारी विकास बचत तथा ऋण सहकारी संस्था सह–आयोजक रहेको थियो ।
जिल्लामा रगत अभाव हुन नदिन जिल्लाभित्र हुने विभिन्न कार्यक्रम, पर्व तथा मेलाहरुमा अभियानकै रुपमा रेडक्रस धादिङको अगुवाइमा रक्तदान कार्यक्रम हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस