धादिङ २० फाल्गुण
धादिङको गंगाजमुना गाउँपालिका र खनियाबास गाउँपालिकाका ३ वटा विद्यालयलाई कम्प्युटर तथा न्यानो कपडा वितरण गरिएको छ ।
हेल्प रुलर नेपाल युकेको सहयोग तथा बागमती प्रदेश सभा सदस्य जगत सिंखडाको पहलमा गङगाजमुना–१ को सितालादेबी आधारभूत विद्यालयमा ४ वटा कम्प्युटर, खनियाबास गाउँपालिका वडा नं.–२ स्थित झार्लाङ माध्यमिक विद्यालय र बेन्दिदेबी माध्यमिक विद्यालयमा २/२ सेट कम्प्युटर र ५०/५० सेट स्विटर वितरण गरिएको हो ।
कम्प्युटर तथा न्यानो कपडा वितरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं माओवादी नेता जगत ब. सिम्खडा, माओवादी केन्द्रका बागमती प्रदेश सह–सचिव बिजय बुर्लाकोटी, Help Rural Nepal UK नेपालका प्रमुख सितल चन्द्र धरेल लगायतको उपस्थिति रहेको झार्लाङबाट परेम बहादुर तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस