सर्वोच्च अदालतमा ६ महिनापछि आज संवैधानिक इजलास गठन भएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठ न्यायाधीशहरु समेटेर इजलास गठन भएको हो । इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् । इजलासमा ६ वटा मुद्दा पेशी चढेको छ ।
संवैधानिक इजलास भने गोला प्रक्रियाबिनै गठन भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सहकर्मी न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन सुरु गरेपछि गत असोज १३ देखि संवैधानिक इजलास बस्न सकेको थिएन ।
प्रधानन्यायाधीश जबरामाथि सत्ता गठबन्धनले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै निलम्बनमा परेपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा इजलास गठन भएको हो ।
प्रतिक्रिया दिनुहोस