धादिङ १८ फाल्गुण
स्थानीय सरकारका प्रतिनिधि तथा सञ्चारकर्मीहरुका लागि समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी २ दिने अभिमूखीकरण कार्यक्रम धादिङबेसीमा सुरु भएको छ । ह्यान्डिक्याप इन्टरनेशनलको आयोजना तथा अपाङ्ग कल्याण संघ धादिङको साझेदारीमा भएको कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुराज खतिवडाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप–प्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नं. ३ का अध्यक्ष होमनाथ रिजाल, स्वास्थ्य संयोजक विष्णु रिजाल, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपप्रमुख भण्डारीले अपाङ्गता भएका नागरिकहरुको वृत्ति विकास र जीविको पार्जनका लागि नगरपालिकाले विभिन्न योजनाहरु निर्माण गर्दै कार्यान्वयनमा गएको बताउनु भएको थियो ।
कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलन सम्बन्धी नीतिगत व्यवस्था, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४, विपद् व्यवस्थापनका प्रकृयाहरु, प्राथमिकताहरु, विपद् जोखिमबारेका बुझाई, सुशासन, सशक्तीकरण, समावेशिता, जलवायु परिवर्तनका असरहरु, अपाङ्गता अधिकार साक्षरता लगायतका विषयहरुमा समूहगत छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस