धादिङ १८ फागुन
धादिङ अस्पतालमा पहिलो पटक एपेन्डेक्टोमी अप्रेशन सफलतापुर्वक सम्पन्न भएको छ ।
धादिङ अस्पतालमा पहिलो पटक एपेन्डेक्टोमी अप्रेशन गराएका दोलखा जिल्ला स्थायी ठेगाना भएका २४ वर्षीय युवक १६ गते सोमबार पेट दुख्ने समस्याले आएका थिए । अस्पतालमा एपेन्डीसाईटिस डाईग्नोसिस पुष्टि भएपछि जिल्लामा पहिलोपटक एपेन्डेक्टोमी अप्रेशन सफलतापुर्वक गरिएको हो ।
अप्रेशनको लागि कन्सल्टेण्ट सर्जन डा.शन्करराज लामिछानेको नेतृत्वको टिममा, डा.रामचन्द्र रिजाल, ,स्टाफ नर्स रुबि श्रेष्ठ, अनमी सुरुची लामा रसन्जु रिजाल संलग्न रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस