धादिङ १५ आषाढ
आइतबार बिहान बेनिघाट रोराङ गाउँ पालिका ७ कृष्णभिरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना यात्रुहरु घाइते भएका छन् । पृथ्वी राजमार्गमा काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो र बा २ ख ४५६७ नम्बरको माइक्रो बस एक आपसमा ठक्कर खाँदा महादेवस्थान धादिङका वर्ष २८ का श्याम कुमार श्रेष्ठको गजुरी अस्पतलामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै नाम थर नखुलेकी अन्दाजी २०÷२१ वर्षकी महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरु राजमार्ग अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी १८ जनालाई काठमाडौँ रिफर गरिएको छ भने ७ जना गजुरी अस्पतालमा र २ जनाको चरौदी अस्पतालमा उपचार भइरहेको हो । त्यस्तै बा ३ ख १००४ नम्बरका बस चालक नवलपरासी मध्यबिन्दु न.पा.७ बस्ने रबिन खड्का जोगिमारा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस