धादिङ १६ फाल्गुण
सामाजिक कुरीति बिरुद्ध सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सोमबार धादिङबेसीमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरु, नागरिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले कार्यस्थलमा हुने हिंसा विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर ढुङ्गानाले हरेक स्थानीय तहलाई स्थानीय पाठ्यक्रम निर्माण गर्ने अधिकार भएकाले उक्त पाठ्यक्रममा सामाजिक कुरीति र हिंसा सम्बन्धी विषयहरु पनि जोड्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा मन्त्रालयबाट सञ्चालित महिला लक्षित कार्यक्रमहरुको प्रभावकारिता र अब समेटिनुपर्ने विषयहरुको बारेमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस