धादिङ १६ फाल्गुण
धादिङको उत्तरी क्षेत्र झार्लाङमा पहिलो पटक बस सेवा सञ्चालन भएको छ । हाल साना जिप र आइचर ट्रकहरु मात्रै सञ्चालन भएको उत्त क्षेत्रमा बस सेवा सुरु भएपछि स्थानीयहरुमा खुसी छाएको झार्लाङबाट परेम बहादुर तामाङले जानकारी दिनुभयो ।
स्थानीय अगुवा एवं माआवादी केन्द्रका नेता सुके गुरुङको पहलमा बस सेवा सञ्चालन गरिएको तामाङले बताउनु भयो । नियमित बस सेवा सञ्चालन भएपछि सदरमुकाम धादिङबेसी र काठमाडौँसम्मको यात्राका लागि स्थानीयहरुलाई सहज भएको छ ।
हाल साना जिपहरुले लिने भाडा भन्दा बसले लिने भाडामा कम्तिमा १ सय ५० सस्तो पर्ने भएकाले पनि स्थानीयहरुलाई राहत महसुस भएको छ ।
धादिङ मण्डली यातायात प्रालिद्धारा सञ्चालन हुने बा ४ ख ४४ ६४ नम्बरको बस चालक सानुभाइ मगरले झार्लाङ पु¥याउनु भएको हो ।
काठमाडौँदेखि धादिङबेसी हुदै झार्लाङको पेर्चोसम्मको बस भाडा ९ सय ५० निर्धारण गरिएको र बस छुट्ने समय बिहान ७ बजे रहेको तामाङले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस