धादिङ १५ फाल्गुण
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न प्रतियोगिता एवं विधाहरुमा उत्कृष्टता हासिल गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको छ । शनिबार चितवन जिल्लाको कविलासमा संयुक्त बनभोज तथा अभिकर्ता भेटघाट कार्यक्रमका अवसरमा सम्मान गरेको हो ।
कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स गजुरी शाखाका प्रमुख रामचन्द्र अर्यालले उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा धादिङ, नुवाकोट र रसुवाका अभिकर्ता तथा नेशनल लाइफ इन्स्योरेन्सका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सम्मान गरिएका विधाहरु
क. अन्तर्राष्ट्रिय MDRT, 2022 सम्मान
तारा रिजाल, गजुरी
अर्चिता उप्रेती श्रेष्ठ, चरौदी
योगेन्द्र कुमार बस्नेत, आदमघाट
ख. एजेन्सी अफिस संचालक सम्मान
रबि प्रसाद न्यौपाने, बिष्णु प्रसाद लामिछाने, राम प्रसाद रिजाल, पदम लाल श्रेष्ठ, अर्चिता उप्रेती श्रेष्ठ, तारा रिजाल, शर्मिला श्रेष्ठ, सुनिता दाहाल जम्कट्टेल, जानुका आचार्य र सन्जिव कुमार कडेल
ग. कम्पनीद्वारा पुस र माघ महिनामा संचालित सक्रीय अभिकर्ता उत्पादन प्याकेज(ईलामको धुलाबारी रिसोर्ट कार्यक्रम)का बिजेता सम्मान
गिता कुमारी लामिछाने, जानुका आचार्य, राम प्रसाद रिजाल, सितल कडेल
घ. Picnic Week Competition का बिजेता सम्मान
बिजेताः शंकर बाबू दुवाडी, उप–बिजेताहरुमा कृतिका श्रेष्ठ र रसिता थापा
प्रतिक्रिया दिनुहोस