धादिङ १५ फाल्गुण
धादिङको नीलकण्ठ–५ खाल्टेमा विभिन्न पार्टी परित्याग गरी नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । खाल्टेको पाल्पालीटोल र गैरीगाउँबाट नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी परित्याग गरी करिब २० जना भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
गैरीगाउँ तथा साविकको खाल्टेबाट कर्म बरामको नेतृत्वमा जनता समाजवादी पार्टीबाट र मैतेलाल गैरे(वकिल) को नेतृत्वमा नेपाली काङ्ग्रेस परित्या गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कल्पना धमला, नीलकण्ठ–५ का अध्यक्ष राम कुमार श्रेष्ठ र कमल कुमार जम्कट्टेल लगायतले नवप्रवेशीलाई स्वागत गर्नुभएको नीलकण्ठ -५ का पार्टी सचिव कृष्ठ प्रसाद दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस