बागमती प्रदेशका ६ हजार २०० बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ ।
स्वतन्त्र अभियान नेपालद्वारा सार्वजनिक तथ्याङ्कमा नेपालमा ११ लाख बालबालिका श्रममा रहेकामध्ये दुई लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरीरहेको जनाइएको छ । उक्त संस्थाका अनुसार ३ दशमलव १ प्रतिशत बालबालिका बागमती प्रदेशमा जोखिमपूर्ण श्रममा छन् ।
सो संस्थाद्वारा हेटौँडामा आयोजित एक कार्यक्रममा संयोजक सोमबहादुर स्याङ्तानले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनका अनुसार बागमतीमा १० वर्षमुनिका १३.१ प्रतिशत १० देखि १४ वर्षका १५.६ प्रतिशत र १४ देखि १८ वर्ष उमेर समूहका ६७.२ प्रतिशतले विभिन्न कारणले श्रम गरिरहेको उल्लेख छ । यस्तै ३५ प्रतिशत बालबालिकाले दैनिक १६ घण्टासम्म श्रम गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस