धादिङ १२ फाल्गुण
अमेरिक मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसि)का बिरुद्ध धादिङबेसीमा मसाल जुलुस निकालिएको छ । बिहिबार अखिल क्रान्तिकारी धादिङ र योङ्ग कम्युनिष्ट लिग धादिङको अगुवाईमा धादिङबेसी बजारमा राके जुलुस सहित बिच बजार पुगेर कोणसभामा परिणत भएको अखिल क्रान्तिकारी धादिङका नेता गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
कोणसभामा माओवादी केन्द्र धादिङका युवा नेता अमृत तामाङ लगायतले एमसिसि कुनै पनि हालतमा पास गर्न नुहुने तर्क राख्दै राष्ट्रघाती सम्झौताको बिरुद्धमा सबै युवाहरुलाई लाग्न आग्रह समेत गरेका थिए ।
सरकारले संसदमा एमसिसि टेबल गरेपछि माओवादी, नेकपा एकीकृत समाजवादी लगायत दलका भाृत संगठनहरुले देशैभर आन्दोलन गरिरहेका छन् ।
जुलुसमा नेपाल र नेपालीलको हित बिपरित रहेको राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नुहने र फिर्ता गर्नुपर्ने माग राख्दै बिरोध गरिएकोे थियो ।
प्रतिक्रिया दिनुहोस