धादिङ ११ फाल्गुण
अमेरिक मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसि)का बिरुद्ध धादिङको खानीखोलामा मसाल जुलुस निकालिएको छ ।
बुधबार अखिल)क्रान्तिकारी, योङ्ग कम्युनिष्ट लिग लगायत माओवादी केन्द्र निकट भातृ संगठनहरुको अगुवाइमा मसाल जुलुस निकालिएको अखिल क्रान्तिकारी धादिङका अध्यक्ष बिनोद आचार्यले जानकारी दिनुभयो ।
सरकारले संसदमा एमसिसि टेबल गरेपछि माओवादी, नेकपा एकीकृत समाजवादी लगायत दलका भाृत संगठनहरुले देशैभर आन्दोलन गरिरहेका छन् ।
जुलुसमा नेपाल र नेपालीलको हित बिपरित रहेको राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नुहने र फिर्ता गर्नुपर्ने माग राख्दै बिरोध गरिएकोे थियो ।
प्रतिक्रिया दिनुहोस