धादिङ ११ फाल्गुण
नागरिक समाजको तर्फबाट बुधबार ज्यामरुङ स्वास्थ्य चौकीको अनुगमन गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको समन्वयमा जिल्लाका नागरिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको टोलीले स्वास्थ्य चौकीको अनुगमन गरेको हो । अनुगमनका क्रममा स्वास्थ्यचौकीको सेवा प्रवाह सन्तोषजनक पाइएको नेपाल मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारीले बताउनु भयो ।
स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएता पनि स्वास्थ्य चौकीले दिनुपर्ने सेवा प्रवाहलाई व्यवस्थित गरेको स्वास्थ्य चौकीको सरसफाई, नागरिक बडापत्र, सूचना पाटी, राज्यले प्रदान गर्ने निःशुल्क औषधी लगायतका कुराहरुको राम्रो व्यवस्थापन गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका उप–मन्त्री नारायण कुमार श्रेष्ठले बताउनु भयो ।
यस्तै स्वास्थ्यचौकीको भवन निर्माणधिन रहेकाले भौतिक व्यवस्थापनको पक्ष केही कमजोर देखिएता पनि ल्याब, ओपिडी लगायतका कक्षहरु व्यवस्थित र चुस्त दुरुस्त पाइएको डेक नेपाल धादिङका संयोजक शेर बहादुर भण्डारीले बताउनु भयो ।
अनुगमनमा नागरिक संस्थाको तर्फबाट नेपाल मानव अधिकारी संगठन धादिङका अध्यक्ष एव धादिङ बार एसोसिएशनका अध्यक्ष कृष्णराज अधिकारी, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका उप–मन्त्री नारायण कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका कोषाध्यक्ष एवं रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, डेक नेपाल धादिङका संयोजक शेर बहादुर भण्डारी, नीलकण्ठ महिला सहकारीकी व्यवस्थापक भगवती अर्याल, नारी जागरण केन्द्रबाट प्रमिला घिमिरे लगायत रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस