धादिङ १४ आषाढ
स्थानीय तहमा न्याय सम्पादन कसरी गर्ने स्थानीय स्तरमै हुने विभिन्न खालका झै झगडा, घटनाहरुको छानबिन गरी मेलमिलाप कसरी गर्ने ? कस्ता प्रकृतिका मुद्धाहरु स्थानीय तहले हेर्ने ? र कस्ता प्रकृतिका मुद्धाहरुलाई अदालत पेश गर्ने ? भन्ने विभिन्न विषयमा शनिबार नेत्रावती डबजोङ गाउँ पालिकाको कार्यालय सेमजोङमा आयोजना गरिएको २ दिने न्यायिक समिति व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
नेत्रावति डबजोङ गाउँपालिका को आर्थिक सहयोगमा ग्रामीण प्रवद्र्धन केन्द्र नुवाकोटले आयोजना गरेको २ दिने न्यायिक समिति ब्यवस्थापन तथा कानुनी परामर्श सेवा सम्बन्धी तालिमको गाउँ पालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक उर्मिला तामाङको सभापतित्व र गाउँ पालिकाका अध्यक्ष दुर्गा कुमार शाक्यको प्रमुख आतिथ्यता, गाउँ पालिकाका पदाधिकारी, ५ वटै वडाका वडा अध्यक्षहरु, स्थानीय प्रहरी कार्यालयका इन्चार्ज परसुराम सापकोटा, जनप्रतिनिधि, ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटका अध्यक्ष रामचन्द्र न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
नुवाकोट जिल्ला अदालतमा कार्यरत अधिवक्त सुरेन्द्र अधिकारीले सहभभागीहरुलाई २ दिनसम्म प्रशिक्षण दिनुभएको थियो ।
ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटका कार्यक्रम संयोजक हरि प्रसाद भट्टराईले सञ्चालन गर्नुभएको समापन समारोहमा नेत्रावती डबजोङ गाउँ पालिकाका ५ वटै वडाका १७ जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस