बागमती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभर ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् ।
प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएको छ । हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभर ४८ प्रतिशत बालबालिकालाई दिइएको छ ।
खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताउनुभयो । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षतिमात्र नभई अर्थतन्त्रमासमेत क्षति पु¥याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताउनुभएको छ ।
साथै कोरोनाविरुद्धको खोप लगाउने र स्वाब सङ्कलन कार्य जिल्लामा जारी रहेको बताइएको छ । जिल्लामा कोरोना संक्रमण हुनेको सङ्ख्या हालसम्म १७ हजार ९११ जना रहेको र हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्य हुनेको सङ्ख्या १७१ जना रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको सङ्ख्या दिनप्रति घट्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस