नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष ९आव० २०७८र७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७७र७८ मा ६ अर्ब १८ करोड रूपैयाँ नाफा बेहोरेको यो वर्ष ६ महिनामै १२ अर्ब नाफा कमाएको हो ।
चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२ र ७३ मा ८ अर्ब ८९ करोड वाषिर्क घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, भारतर्फ विद्युत निर्यातको परिमाणमा भएको बृद्धि, विद्युत आयातमा कमी, विद्युत बिक्रीमा बृद्धि, अन्य आयमा बृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उलेख्य नाफा आर्जन गर्न सफल भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस