धादिङ ०७ फागुन
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएल नेपाल धादिङ र विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङले शुक्रबार साँझ धादिङबेसीमा एमसीसी विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् ।
मसाल जुलुस धादिङबेसी बीचबजारबाट सुरुभएको थियो भने, पुछार बजार चोकमा पुगेर कोणसभा गर्दै सकिएको थियो ।
करिब ५० जना भन्दा बढी युवाहरुको सक्रिय सहभागितामा मसाल जुलुस निकालिएको वाइसिएल बागमती प्रदेश कमिटी सदस्य नवराज मजाकोटीले जानकारी दिनुभयो ।
सभामा राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नुहने र फिर्ता गर्नुपर्ने माग राख्दै बिरोध गरिएकोे थियो ।
माओवादी केन्द्र निकट वाइसिएल र अखिल क्रान्तिकारीले देशैभर एमसिसीका बिरुद्ध सडक प्रर्दशन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस