नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।
यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसद्मा टेबल गर्न सकिरहेका छैनन् । यहीबीचमा बसेको सर्वदलीय बैठकमा एकीकृत समाजवादीले एमसीसीबारे निर्णय गर्न समय माग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस