राप्रपा छाडेर राप्रपा नेपाल घोषणा गरेका कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् ।
शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै गल्ती गरेको बताएका छन् । पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको उनको भनाइ छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताउनुभयो ।
थापाले राजसंस्था राजनीतिभन्दा माथि उठेको अभिभावक नबनेर एउटा दलभित्र एउटा गुट र व्यक्तिको पक्षपोषणमा लागेको आरोप लगाएका छन् । गत पुसमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएको दुई महिना नबित्दै थापाले पार्टी छाडेर फेरि अर्को पार्टी गठन गरेका हुन् । थापा नेतृत्वको राप्रपा नेपालको शनिबार नै घोषणा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस